प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनीबीच फोन संवाद

काठमाडौं । भारत भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिंकेन र प्रधानमन्त्री शेर बहादुर देउवाबीच फोनवार्ता भएको छ ।

आज भएको फोन कुराकानीमा द्विपक्षीय सहयोग र हितका विषयमा कुराकानी भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, नेपाल र अमेरिकाबीचको द्विपक्षीय साझेदारी, नेपाललाई अमेरिकाले दिएको १५ लाख डोज कोरोना भाइरसविरुद्धको खोप र अरु सहयोग तथा जलवायु परिवर्तनविरुद्धको अभियानका बारेमा समेत छलफल भएको थियो ।

विदेशमन्त्री एन्टोनीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अघि बढाउने विषयमा केही कुराकानी गरे नगरेको भने सार्वजनिक भएको छैन ।

कमेन्ट गर्नुहोस्