सत्तारुढ गठबन्धनकाे बैठक बस्दै, आजभोलि नै मन्त्रिपरिषद विस्तारको तयारी

काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै छ । अहिले बालुवाटारमा बैठक बस्न लागेको हो । प्रधानमन्त्रीले बुधबार विहान पनि गठबन्धनका शीर्ष नेताहरुसँग छलफल गरेका थिए ।

आजको बैठकमा मन्त्रिमण्डल विस्तारबारे अन्तिम निश्कर्ष पुग्ने सम्भावना रहेको छ । नेकपा एमाले तत्काल सरकारमा नजाने सम्भावना भएको अवस्थामा आज या भोली नै सरकार बिस्तार हुनसक्ने देखिन्छ । काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काका अनुसार आज भोलि नै मन्त्रिपरिषद विस्तारको तयारी छ । आजको छलफलमा पावर सेरिङमा कुरा मिले आजै पनि मन्त्रिपरिषद विस्तार हुन सक्ने उनको भनाइ छ ।

गठबन्धनमा आबद्ध पार्टीको आन्तरिक समस्याका कारण नयाँ सरकार बनेको तीन साता हुनै लाग्दा पनि मन्त्रिपरिषदले पूर्ण पाउन सकेको छैन । २५ सदस्यीय मन्त्रिपरिषदमा प्रधानमन्त्रीका साथमा मन्त्री र एक राज्यमन्त्री मात्र छन् । सत्ता साझेदार दल जनता समाजवादी पार्टीले आन्तरिक समस्या समाधान भएसँगै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तारका लागि छलफललाई तीव्रता दिएका छन् ।

कमेन्ट गर्नुहोस्