पूर्व माओवादी नेताहरुको मुद्दा न्यायाधीश कार्कीको इजलासमा

काठमाडौं । नेकपा एमालको स्थायी समिति सदस्य बनेका पूर्व माओवादीका चार जना नेताले आफूहरु माओवादीमैं रहेको जिकिर गर्दै सर्वोच्चमा दायर गरेको रिटमा आज सुनुवाई हुने भएको छ ।

तत्कालिन नेकपा र पछि नेकपा एमालेका स्थायी कमिटी सदस्य बनेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधबार दायर गरेको रिट न्यायाधीश दीपककुमार कार्कीको इजलासमा तोकिएको छ ।

माओवादी छाडेर एमाले प्रवेश गरेपछि माओवादीले दिएको दल त्यागको सूचना दिएपछि उनीहरुको सांसद पद गुमेको थियो ।

निर्वाचन आयोगले गत असार २३ गते उपलब्ध गराएको विवरणमा आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको जिकीर गर्दै उनीहरुले प्रतिनिधिसभा सदस्य पद खारेजको निर्णय बदर हुनुपर्ने माग गरेका छन् ।

निजहरुले एमालेमा प्रवेश नगरेको दावी गरेपनि केपी ओलीको अध्यक्षतामा बसेका कैयन स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकमा उनीहरु उपस्थिति हुँदै आएका छन् ।

कमेन्ट गर्नुहोस्