नेम्वाङ र पौडेलले माधव नेपाललाई भेटदै

काठमाडौं । एमालेभित्र सहमति खोज्ने प्रयासस्वरुप ओली पक्षका शीर्ष नेताहरुले माधव नेपालसँग भेट्ने भएका छन् ।

ओली पक्षीय नेता सुवास नेम्वाङ र विष्णु पौडेलले १० बुँदे एकता प्रस्तावका बारेमा नेता नेपालको पछिल्लो धारणाबारे छलफल गर्ने भएका हुन ।

नेता नेपालले सम्मानजनक एकता र पार्टीलाई पद्धतीगतरुपमा अघि बढाउनुपर्ने माग राख्दै आएका छन् ।

आज भेट हुने सम्भावना रहेको पौडेल निकट एक नेताले बताए ।

पछिल्लो समयमा नेपाल सत्तारुढ पाँचदलीय गठबन्धनको बैठकमा सहभागी हुँदै आएका छन् ।

कमेन्ट गर्नुहोस्