मन्त्रालयको भागबण्डा मिल्यो, कांग्रेसले ८ मन्त्रालय पाउने, अरुले कति ?

काठमाडौं । सत्तारुढ गठबन्धनभित्र मन्त्रालय बाँडफाँडबारे प्रारम्भिक सहमति जुटेको छ ।

जनता समाजवादी पार्टीको विवाद हल भएपछि उपेन्द्र यादव पक्षले कम्तिमा ६ र बढीमा ७ मन्त्रालयको दावी गरेको थियो ।

माधव नेपाल समूह सरकारमा सहभागी नहुने अवस्थामा माओवादीसरह ७ वटा मन्त्रालयको दावी जसपाको छ । माओवादी केन्द्रले भने ८ मन्त्रालयल पाउनुपर्ने बताएको थियो ।
सरकार निर्माणमा सबै दलको समान भूमिका भएको कारण सबैमा समानरुपमा नै मन्त्रालय बाँडफाँडको नीति अवलम्बन गर्ने सहमतिमा गठबन्धन पुगेको छ । माधव नेपाल सहभागी हुने अवस्थामा मन्त्रालय घटन सक्ने भएपनि अहिलेका लागि भने जसपाले ७, माओवादी केन्द्रले ७ र कांग्रेसले ८ मन्त्रालय पाउने सामान्य सहमति भएको एक नेताले बताए ।

अहिले कुन मन्त्रालयले कसले पाउने भन्ने विषयमा सहमति जुटेको छैन । ्

आज बिहान भएको छलफलका आधारमा सबै पार्टीले आन्तरिक बैठक बसालेर मन्त्रीको टुंगो लगाउने देखिन्छ । यसपटकको मन्त्रीमण्डलमा ओली सरकारको बेला मन्त्री भएकालाई नदोहोर्याउने र क्षमतावान सांसदलाई मन्त्री बनाउन समेत गठबन्धनका नेताहरु सहमत भएका छन् ।

सम्भवतः आज मन्त्रालय र मन्त्रीहरुको टुंगो लागेपछि भोली नै मन्त्रीपरिषद बिस्तार हुनसक्ने सम्भावना बलियो बनेको छ ।

कमेन्ट गर्नुहोस्