धितोपत्र बोर्डलाई सोधेको स्पष्टीकरणमा के छ त ?

काठमाडौं । शेयर बजारको नियामक निकाय धितोपत्र बोर्ड नै शेयर कारोबारमा अवाञ्छितरुपमा संलग्न भएको भन्दै समाचार सार्वजनिक भएपछि अर्थ मन्त्रालयले स्पष्टीकरण सोधेको छ ।

अर्थ मन्त्रालयले एक सूचना प्रकाशित गर्दै बोर्डका अध्यक्षको संलग्नतामा नै अवाञ्छित कारोबार भएको भन्ने समाचारको सत्यतथ्य के हो भनेर सोधेको हो । यसका लागि बोर्डलाई तीन दिनको समय दिइएको छ ।

पछिल्लो समय बजारमा निकै चर्चामा रहेको बुक बिल्डिङ प्रणालीबाट साधारण शेयर निष्काशन गर्न लागेको सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाको नाम समेत जोडिए आएपछि बजारमा हल्लीखल्ली मच्चिएको छ । सर्वोत्तम सिमेन्ट र अध्यक्ष ढुंगानाबीचको सम्बन्ध, समाचार र वास्तविकता के हो ? सो बारे बताउन मन्त्रालयले सेबोनलाई स्पष्टीकरण सोधेको हो ।

हेर्नुस् पत्र

कमेन्ट गर्नुहोस्