कोटेश्वरमा प्रचण्ड र माधव नेपालबीच छलफल

काठमाडौं । सत्तारुढ गठबन्धनका दलहरुभित्रको विवादका कारण सरकार बिस्तारमा ढिलाई भइरहेको बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले वरिष्ठ नेता माधव नेपालसँग छलफल गरेका छन् र। र

माधव नेपालसँग छलफल गर्न अध्यक्ष प्रचण्ड नेपाल निवास कोटेश्वर पुगेका थिए । आज बिहानमात्रै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेर बहादुर देउवासँग छलफल गरेका थिए ।

माधव नेपाल पक्षभित्र सरकारमा जाने या नजाने भन्ने विषयमा विवाद टुंगिएको छैन । एकथरि नेताहरुले सरकारमा जान नहुने धारणा राखेका छन् भने माधव नेपाल भने सरकारमा गएर प्रभावकारीरुपमा काम बढाउनुपर्नेमा छन् ।

माधव नेपाल पक्षको निर्णय नआएको कारण प्रधानमन्त्री देउवाले सरकार बिस्तार गर्न सकेको छैनन् । जनता समाजवादी पार्टीभित्रको आधिकारिकताको विवाद भने मिलिसकेको छ ।

माधव नेपाल पक्ष सरकारमा नजाने अवस्थामा गठबन्धनका तीन वटै दलहरुले समानरुपमा मन्त्रालय जिम्मेवारी लिने सहमति जुटेको छ । जनमोर्चा नेपालले भने यसअघि नै सरकारमा नजाने बताइसकेको छ ।

कमेन्ट गर्नुहोस्