कहाँ पुग्न चाहन्छन् प्रचण्ड ?

काठमाडौं । नेकपा एमालेसँग माओवादी केन्द्रको एकताको समाचार सार्वजनिक भएपछि माओवादी केन्द्रमा ठूलो बहस सुरु भयो । सबैको प्रश्न थियो– हिजो प्रतिक्रियावादी भनिएको एमालेसँग एकता गरेर प्रचण्डले के गर्न खोजेका हुन ?

तर लगत्तै बसेको स्थायी कमिटी बैठकमा प्रचण्डले एमालेसँग एकता गर्नुका बस्तुगत आवश्यकताका बारेमा एक डेढ घण्टा बोलेपछि सबैलाई यसको मूल कारण थाहा भयो । शान्ति प्रक्रिया र संविधान जारी भइसकेपछि बृहत बाम ध्रुवीकरणका माध्यमबाट प्रचण्डले समाजवादी क्रान्तितर्फ देशलाई अघि बढाउन खोजेका रहेछन् । नयाँ जनवादी क्रान्तिका अधुरा कार्यभार पुरा गर्दै समाजवादतर्फ अघि बढ्न बृहत वाम ध्रवीकरण अनिवार्य रहेकोमा सबै सहमत भए । एमालेभित्र पनि समाजवादी क्रान्तिका पक्षमा अधिकांश नेता र कार्यकर्ता रहेको र वामपन्थी सरकारको लोकप्रियतामार्फत समाजवादी क्रान्तिको आधार तयार गर्न सकिन्छ भन्नेमा सबै सहमत भएपछि चुनावमा वाम गठबन्धनले झण्डै दुई तिहाई मत समेत प्राप्त गर्यो ।

तर प्रचण्डको नियत बृहत वाम गठबन्धन र अग्रगामी रुपान्तरणको भएपनि एमालेभित्र खासगरी केपी ओली समूहले भने उक्त एकतालाई रणनीति रक्षाका लागि मात्रै उपयोग गरेको कुरा पछिल्ला घटनाक्रमले पुष्टि गर्यो ।

केपी ओली पक्षका लागि संसदीय सत्तामात्रै प्रधान भएको कुरा पुष्टि भएपछि पनि प्रचण्डले क्रान्ति र अग्रगमनका लागि प्रधानमन्त्री पद परित्याग गरेर भएपनि वामपन्थी सरकारलाई नै निरन्तरता दिने र पाटीृ एकता जोगाइराख्ने पक्षमा अधिकतम लचकता देखाए ।

तर ओली पक्ष भने यो बेलासम्म नेपालमा समाजवादी क्रान्ति नचाहने, नेपालमा बृहत कम्युनिष्ट आन्दोलन देख्न नचाहने शक्ति केन्द्रको चंगुलमा बिस्तारै फस्न थालिसकेको थियो । र, यहीँबाट नेकपा विघटनको यात्रा शुरु भयो । प्रचण्डले नेकपालाई जोगाइराख्न प्रधानमन्त्री पद त्याग गर्नुका साथै अधिकतम लचकताका साथ आफूलाई प्रस्तुत गरे ।

तर केपी ओली पक्षले भने यसलाई प्रचण्डको कमजोरी या हारको रुपमा बुझेर झनै निरंकुशतातर्फ अघि बढे ।

्घटनाक्रम यसरी विकास भयो कि शक्तिकेन्द्रहरु नेपालको अग्रगामी रुपान्तरणलाई केपी ओलीको महत्वाकांक्षालाई उपयोग गर्दै पूर्ण सफल नभएपनि नेकपा भने विभाजन भइ छोड्यो । प्रचण्डका लागि यो एउटा ठूलो धक्का थियो । शक्तिकेन्द्रहरु केपी ओलको चरम महत्वाकांक्षा र निरंकुश प्रवित्तलाई झनै मलजल गर्न खोजिरहेका थिए । उनीहरुका लागि नेपालमा माओवादी जनयुद्दको जगमा प्राप्त सबै उपलब्धि पछाडि फर्काउनु जरुरी थियो । संघीयता, धर्मनिरपेक्षता, राज्यको समाजवादी चरित्र आदिलाई भत्काउँदै दलाल पूँजिवादी सत्ता स्थापनाका लागि उनीहरुको कोशीस जारी थियो ।

यता प्रचण्डले सही नियतले गरेको एकताको प्रयासमा असफलता भोगेपनि उनका लागि राजनीतिक कोर्स नै प्रगितमगनतर्फ लैजान खोजिएपछि त्यसविरुद्ध निर्णायक लडाई लड्नैपर्ने बाध्यतामा प्रचण्ड पुगे । उनले क्रान्तिकारी र अग्रगामी शक्तिहरुबीच एकताका पक्षमा फेरी माहौल बनाए । प्रतिगमनकारी शक्तिहरुविरुद्ध रहेका सबैलाई गोलबद्द गर्न उनी सफल भए ।

यो सबै अथक प्रयासपछि ओलीको प्रतिगमनकारी र शक्तिकेन्द्रहरुको चलखेलमाथि ठूलो धक्का लाग्न सफल बन्यो । ओली बहिर्गगन हुन बाध्य भए । योसँगै प्रतिगमनको यात्रामा तत्कालका लागि ठूलो ब्रेक लाग्यो ।

प्रचण्ड थाकेका भए, प्रचण्ढ गलेका भए यो सबै सम्भव कदापी पनि थिएन ।

प्रचण्डले नेपाली समाजलाई नयाँ जनवादी राज्यसत्ता अन्तर्गत अघि बढाउन भीषण युद्दको शुरुआत गरेका थिए । कतिपय कारणले उनले त्यो पुरा गर्न सकेनन् । तर पनि सम्झौताका नाममा प्रतिगामी शक्तिहरु अघि उनले पूर्ण समर्पण भने गरेनन् । संसारमा विद्रोही शक्तिले या त विजय प्राप्त गरेको छ, या समर्पण गरेको छ । तर त्यसको उल्टो प्रचण्डले सत्ता र विद्रोही पक्षबीच सबैले जित्ने किसिमले शान्ति सम्झौता गर्न सफल भएका थिए । नयाँ जनवादी राज्यसत्ता नै स्थापना नभएपनि पुरानो सत्ता विघटबन गर्न र गणतन्त्रको स्थापना गर्न प्रचण्ड सफल भएका थिए ।

प्रचण्ड जहिले पनि चलायमान छन्, उनले भने अनुसार,उनलाई यथास्थितिमा बस्न मन पर्दैन। र, उनी बसेननु् पनि । माओवादी जनयुद्दको वास्तविक लक्ष्य पुरा नभएपनि प्रचण्डले अहिले समाजवादी क्रान्तिको सपना देखेका छन् । त्यसका लागि क्रान्तिकारी कम्युनिष्ट पार्टीको निर्माण र अग्रगामी शक्तिहरुबीच संयुक्त मोर्चा हुनुपर्नेमा उनले जोड दिएका छन् । प्रचण्डको सपना आफ्नो जीवन रहुञ्जेलसम्म कम्तिमा देश समाजवादी क्रान्तिको दिशामा अघि बढोसु् भन्ने छ । आम जनताले परिवर्तनको अनुभूति गर्न सकून, देशमा दलाल पूँजिवादको अन्त्य होस, राष्टिय पूँजिको विकास होस, सामाजिक न्यायको प्रत्याभूति होसु र यसकै जगमा समाजवादी क्रान्तिर्फ अघि बढन सकियोसु् भन्ने उनको चाहना छ ।

अहिले वाम लोकतान्त्रिक गठबन्धनको पक्षधरता पनि यसकै लागि हो । राष्टियता, जनजीविकासँग जोडिएका मुद्दामा अग्रगामी दृष्टिकोण राख्ने, सामाजिक न्यायमा जोड दिने र यसकै आधारमा समाजवादी क्रान्तिका लागि आधार तयार पार्न फेरी पनि बृहत कम्युनिष्ट ध्रवीकरण प्रचण्डको चाहना हो । अहिले माधव नेपाल, विप्लव, वैद्य, मोहनबिक्रमलगायतसँग उनले घनिभूतरुपमा छलफल चलाईरहेको विषय पनि यही हो ।

प्रचण्ड चाहन्छन्ः युद्दबाट जे प्राप्त भयो त्यसको रक्षा गरौं, तर संसदीय भासमा नफसीकन फेरी अग्रगामी रुपान्तरणको नयाँ कार्यदिशा निर्माण गरेर नेपाली समाजलाई एक धक्का दिऔं, समाजवादको आधार तयार पारौं ।

कमेन्ट गर्नुहोस्