OMG: कब्जियतले हैरान चिनियाँ व्यक्तिले मलद्वारमा ८ इन्च लामो माछा पसालेपछि….

बेइजिंग । कब्जियतको समस्याले हैरान भएका एकजना चिनियाँ नागरिकले आफ्नो मलद्वारमा ८ इन्च लामो माछा पसालेपछि अस्पतालको बास बस्नु परेको छ ।

समाचार अनुसार, ती व्यक्तिले आफ्नो रेक्टम (मलद्वार)मा २० सेन्टिमिटर लामो इल प्रजातीको माछा पसालेका थिए ।
तर माछा मलाशय पुग्नुअघि नै ती व्यक्तिको पेटमा नै अडकिएपछि उनलाई अस्पताल लगिएको हो ।

एकजना व्यक्तिले माछा हालेमा दिसा नियमित हुने बताएपछि उनले त्यसो गरेका थिए ।

चिकित्सकहरुले अप्रेसन गरेर उनको पेटबाट माछा बाहिर निकालेका हुन । ठूलो आन्द्राका व्याक्टेरिया पेटसम्म पुगेपछि राता रक्तकोष नष्ट हुने र त्यसले गर्दा समस्या आउने चिकित्सकले बताए ।

घटना चीनको जिआंग्सु प्रान्तको हो । ग्लोबल टाइम्सको रिपोर्ट अनुसार, शुरुमा लाज लागेृर उनी अस्पताल गएका थिएनन् । तर पीडाले छटपटिन थालेपछि उनले अस्पताल जाने निर्णय गरेका थिए ।

कमेन्ट गर्नुहोस्