कन्धार विमानस्थलमा रकेटबाट हमला

काबुल, अफगानिस्तानको कन्धार एयरपोर्टमा रकेट हमला भएको छ ।

मिडियामा प्रकाशित समाचार अनुसार, एयरपोर्टमा तीनवटा रकेटबाट हमला भएको छ । यसमध्ये २ रनवेमा खसेर विष्फोट भएका थिए । एयरपोर्ट प्रमुख चीफ मसूद पश्तुनले समाचार एजेन्सीलाई जनाए अनुसार, अहिले रनवे सुचारु गर्ने काम भइरहेको छ ।

हिजो शनिवार राती भएको यो हमलामा मानवीय क्षति भने भएको छैन । हमलामा तालिबानको हात रहेको बताइन्छ । तालिबानले हेरात, लश्कर गाह र कन्धारलाई चारैतिरबाट घेरेका छन् । कन्धारमा सुरक्षाबलसँग उनीहरुको मुडभेड हुँदै आएको छ ।

कन्धान अफगानिस्तानको सबैभन्दा ठूलो शहर हो । यहाँको विमानस्थलको उपयोग सेनाको हतियार र खाद्यान्न पठाउन उपयोग गरिन्छ । त्यसैले पनि तालिबानले यहाँ निशाना बनाएको बताइन्छ ।

कमेन्ट गर्नुहोस्