इतिहास कुल्चिँदै मझधारमा किन उभिन्छन् पूर्व माओवादी नेताहरु ?

ओमबिक्रम भाट ‘सरल’

माओवादी आन्दोलनमा आफ्नो जीवनका उत्कृष्ट वर्ष बिताएका केही पात्रहरु अहिले न माओवादी बन्न सकेका छन न त एमाले नै ।

राजनीतिकरुपमा प्रतिगामी कित्ताको वकालत गर्दै नेकपा एमालेको केपी ओली पक्षलाई समर्थन गर्न पुगेका उनीहरु अहिले भने त्यहाँ समेत कुनै महत्व नपाउँदा रन्थनिएका हुन ।

कुनैबेला उनीहरुलाई अन्ति सत्य नै केपी ओली भन्ने लागेको थियो । रणनीतिक संकटमा परेका ओलीका लागि उनीहरुलाई उपयोग गर्नु अनिवार्य थियो । राजनीतिकरुपमा चीजलाई ग्रहण नगर्दा माओवादीबाट केहीले केपी ओलीको रणनीति बुझेनन् या बुझ पचाए र अहिलेको अवस्था सिर्जना भएको छ ।

तर पार्टी विभाजनपछि पनि उनीहरुको इगो र दम्भका कारण न उनीहरु एमाले बन्न सके, न त माओवादी नै । सर्वोच्चको निर्णयपछि एमालेभित्र चर्को अन्तरविरोध भएपनि त्यहाँ पार्टीलाई या भनौं आफ्नो इतिहासलाई कसैले गाली गरेका छैनन् । एमालेजनहरु एमाले भएरै एकअर्कासँग अन्तरविरोधमा छन् । उनीहरुले एमालेमाथि प्रहार गरेका छैनन् । बरु पात्र र प्रवृत्तिको चर्को बहस त्यहाँ छ ।

           लेखक: ओमबिक्रम भाट ‘सरल’

माओवादीबाट एमाले भएकाहरु पनि ठीक उल्टो अवस्थामा छन् ।

नेकपा विवाद उत्कर्षमा पुगेको समयमा सर्वोच्च अदालतको २०७७ फागुन २३ गतेको निर्णयले एमाले र माओवादीलाई २०७५ जेठ २ गतेको अवस्था र संरचनामा पुर्यायो । योसँगै तत्कालीन नेकपाका अध्यक्ष ओली र अध्यक्ष प्रचण्ड समुहमा रहेका पुर्व माओवादी र पुर्व एमालेहरु पनि स्वत पुर्ववत अवस्था मा पुगे । जसकारण अध्यक्ष प्रचण्डसंग रहेको पुर्व एमालेको माधव झलनाथ समुह एमालेमै फर्क्यो । अर्का अध्य क्ष ओलीसंग रहेका पुर्वमाओवादीहरुमध्ये वादलहरु लगायत केही एमालेमा रहे भने बाँकी माओवादीमै फर्के ।

एमालेभित्र आन्तरिक विवाद उत्कर्समा पुग्दा आफ्नै पार्टीको अध्यक्ष प्रधानमन्त्री हुँदा समेत संविधानको रक्षा गर्न विस्वासको मत नदिएर देउवालाई प्रधानमन्त्रीमा संवैधानिक सर्वोच्चताकोलागि समर्थन गर्ने अवस्था आयो । राजनीतिक दृष्टिले एउटा पार्टीमा गम्भीर संकट देखिएपनि माधवहरु एमालेमै संघर्ष गरिरहेका छन । तर यो कुरा माओवादीबाट एमाले बनेकाहरुका लागि शिक्षा बनेन । बिडम्बनाको कुरा, मृत्यु र मुक्तिको कसम खाएर क्रान्तिको मैदानमा दर्जनौंपटक विजयी भएका र आम सर्वाहाराले आदर्श मानेका पात्रहरु भने अहिले न माओवादी र न एमाले बन्न नसकेर छटपटाईरहेका छन् । विचारमा भ्रष्टिकरण हुनुको पीडाले उनीहरुलाई पोलिरहेको छ ।

इतिहासले पोलिरहेका उनीहरु माओवादी पार्टी खारेज गर्ने देखि सांसद पद जोगाउन आफु माओवादी मै रहेको झुठा जिरह गरिरहेका छन । उनीहरु साँच्चिकै माओवादी हुन भने एमालेभित्र सके माओवाद र एक्काइसौं शताब्दीको जनवादको बहस चलाउन सक्नुपर्थ्यो । यदि त्यो संभव नभए कम्तीमा माओवादी एमाले एकता हुँदा सहमति गरिएको जनताको जनवाद लागु गर्न बहस छलफल र संघर्ष गर्न सक्नुपर्थ्यो । तर उहाँहरु भन्दा हामि एकता प्रक्रियामा आएका र एकताको भावना अनुसार नै हामि एमालेमै बसेको भन्ने तर बिचार र सिद्धान्त एकता प्रक्रिया अनुसारको नभएर एमालेको मान्ने रु यो अवसरवादी प्रवृतिले गर्दा नै न आज उहाँहरु एमालेमा बस्न सक्ने अवस्थामा छन । न त माओवादीमै फर्कने अवस्थामा छन ।

एमालेलाई जोडिरहने केमिकलको नाम जबज हो । त्यसैले त्यहाँ जति अन्तरकलह र अन्तरविरोध हुँदासमेत जोडिन बाध्य छन । यसबाट हामिले सिक्नैपर्छ ।

पुर्व माओवादी नेताहरुले बाहिर भन्दा केवल माओवादी अध्यक्ष प्रचण्डको विरोध र आलोचना गर्ने व्यबहारतस् माओवादी आन्दोलन सिध्याउन र माओवादी आन्दोलनले गर्दा प्राप्त उपलब्धिहरु सिध्याउन लागेका छन । जुन पार्टीमा दशकौं काम गरे त्यही पार्टी खारेज गर्ने हिंड्नु त्यसको प्रमाण होइन र रु हिजो उहाँहरुले जे भनेपनि ओलीसंग एमालेमै रहनुको एउटै कारण थियो त्यो मन्त्रीमा रहनु र बन्नु । यदि त्यो बाहेक अरु हुन्थ्यो भने मन्त्रीबाट हटेपछि माओवादी खारेज गर्न देखि माओवादी सदस्यकै रुपमा सर्वोच्च अदालतमा सांसद पदको पुनर्वाहलीको निवेदन दिने थिएनन् होला । माओवादी आन्दोलन र बिचारसंग अब उहाँहरुको खासै चासो र रुचि छैन त्यसैले धेरै आलोचना र विरोध गरिरहुनुको अब औचित्य छैन ।
माओवादी आन्दोलनले नेपाली समाजको पीँधमा रहेका सबैखाले अन्तरविरोधलाई सतहमा ल्यायो । युगौंदेखि हेपिएका वर्गको समर्थनका कारण छोटो समयमा नै जनयुद्ध निर्णायक बन्न पुग्यो ।

शान्ति प्रक्रियासँगै युद्धबाट शान्तिमा आएको माओवादीले के कहाँ गल्ती गर्यो त्यसको बेग्लै समीक्षा आवश्यक छ तर यसको विकल्प प्रतिगमनको समर्थन भने कदापी होइन ।

उदेकलाग्दो कुरा के छ भने, जो हिजो मर्न तयार थिए ति माओवादी इतिहास भएकाहरु आजसंगै बसेर सत्ता सञ्चालन गर्न समेत संगै बस्न तयार छैनन । एमालेमा यति अन्तरविरोध हुँदाहुँदै केले जोडिरहेको छ । यसको समिक्षा गर्ने समय भएको छ ।
माओवादी जनयुद्धको प्रमुख उपलब्धि जनताको चेतना स्तर उकास्नु नै हो । जसकारण संविधानसभा निर्वाचन संविधान निर्माण गणतन्त्र संघियता सामाजिक न्याय लगायतका अनेकौ उपलब्धि हासिल भए । तर माओवादी आन्दोलन बिस्तारै कमजोर र विघटन तिर किन गयो । यसको समिक्षा गर्न जरुरी छ ।

एमाले प्रवेश गरेर एमाले भएर माओवाद र एक्काइसौं शताब्दीको जनवादलाई छोडेर जबजलाई मार्गनिर्देशक सिद्धान्त मानेर माओवादीबाट प्राप्त भएको पदलाई र्‍याल काढेर बस्नु कतिको उचित हुन्छ ।

माथि नै भनियो, यो समीक्षा केवल प्रचण्डका लागि मात्रै होइन । अहिले प्रचण्डलाई आलोचना गर्दा जे विषयमा आलोचना गरिन्छ, ती कुराहरु विकास हुनुमा आलोचना गर्नेहरुको भूमिका के थियो भन्ने कुराको समीक्षा गर्नुपर्दैन ? हिजो माओवादीलाई केले जोडेको थियो रु आज केले टुक्र्यायो ? के यसको एकल दोषी प्रचण्ड हुन्छन् ।

हिजोका दिनमा प्रचण्डपथलाई सबैले स्वीकार गरेर अघि बढेको होइन । पार्टीका सम्मेलन र बैठकहरुले त्यसलाई अनुमोदन गरेको हाइन । शान्तिप्रक्रियामा आएपछि प्रचण्डपथलाई नयाँ सन्दर्भममा विकास गर्नुपर्ने दायित्वबाट पन्छिनुको दोष एकजना व्यक्तिलाई दिन मिल्छ ?

जनयुद्धको मुल संश्लेषण प्रचण्डपथ नै हो । त्यहि प्रचण्डपथ स्थगन गर्दा माओवादी आन्दोलनलाई जोड्ने फेविकोल पोखियो । जसकारणा माओवादी आन्दोलनमा टुटफुट र बिभाजनको शृङ्खला भोग्नु पर्‍यो ।त्यसकारण अब फेरि अहिलेको समाजको अवस्थालाई बिश्लेषण गर्दै नया दृष्टिकोण सहित २१औं शताब्दीको समाजवादको रुपरेखा कोर्नुपर्ने अवस्थामा माओवादी आन्दोलन र सुप्रीमो प्रचण्डका सामुन्ने चुनौती रहेको छ । यदि माओवादी आन्दोलनको औचित्य पुष्टि गर्नेहो भने अध्यक्ष प्रचण्डले यो कदम चाल्नै पर्छ ।

एमालेलाई जोडिरहने केमिकलको नाम जबज हो । त्यसैले त्यहाँ जति अन्तरकलह र अन्तरविरोध हुँदासमेत जोडिन बाध्य छन । यसबाट हामिले सिक्नैपर्छ । अहिले को एमालेमा गए को कता गए भन्ने प्रमुख समस्या होइन । माओवादी आन्दोलन कता जाने भन्ने प्रमुख चुनौती र समस्या हो । यदि माओवादी आन्दोलन सहि बाटोमा अगाडि बढेमा माओवादी छोडेर गएका मात्रै होइन बाहिर अरु दलमा भएका र नयाँ पिढिका लाखौं युवा फेरि माओवादी आन्दोलन र अध्यक्ष प्रचण्डको पछि हुनेछन । यो वास्तवमा पार्टी र विचार प्रतिको निष्ठा र संविधान र लोकतन्त्रको रक्षाप्रतिको प्रतिबद्धता माधव नेपाल समुहमा जति छ त्यसको १ प्रतिशत पनि एमालेमा रहेका पुर्व माओवादीहरुमा नदेखिनु दुर्भाग्यपूर्ण छ ।

तर माओवादी भन्नेहरु यदि माओवादी हुन्थे भने माओवाद र एक्काइसौं शताब्दीको जनवादलाई मान्दै पार्टी भित्र नमिलेका बिषयमा अन्तर्संघर्ष गर्थे भने हामि सलाम गर्थ्यौ ।

जतिबेला नेकपा थियो र जनताको जनवादलाई मानिरहेका थियौं । नेकपाका दुबै अध्यक्षले फरक समुहमा थिए तर दुबैले नेकपा र जनताको जनवादकै पक्षमा वकालत गरिरहेका थिए । जनताको जनवादलाई मानिरहेका थिए । त्यो समयमा साविक धारका को कता थिए भन्ने प्रश्न मुख्य होइन । किनभने दुबै अध्यक्षले जनताको जनवाद र नेकपामा आफु प्रतिबद्ध भएको भनिरहेका थिए । जब अदालतले माओवादी र एमाले ब्युंतायो तब २०७५ जेठ ३ को सहमति र एकता भंग हुँदा नेकपा र जनताको जनवाद स्वतस् निष्क्रिय भए । तत्पश्चात एमाले र जनताको बहुदलीय जनवाद मान्ने वा माओवाद र एक्काइसौं शताब्दीको जनवाद मान्ने बिषय मुखरित भए । त्यो अवस्थामा एमाले र जबज मान्नेहरु एमाले प्रवेश गरे भने नमान्नेहरु स्वतस् माओवादी केन्द्रभए । किनभने अदालतले हामीलाई पुर्ववत अवस्थामा पुर्‍याएको हो ।

आज एमालेहरु पार्टी भित्र दुइलाईन संघर्ष गरिरहेका छन । निति र बिचारका बिरुद्ध होइन नेतृत्व र नेतृत्वको स्वेच्छाचारी प्रवृति बिरुद्ध निर्णायक संघर्षमा छन । ओलीले धेरैपटक कारबाही गरे पार्टी सदस्यबाट समेत निस्कासन गरे । फेरि कमिटीमा ल्याए वार्ता गरे, फेरि कारबाही गरे धम्कि दिए आममाफी दिए । यस्ता घटनाहरु निरन्तर जारीछन । फेरि पनि एमालेका दुबै समुह वार्ता संवाद र संघर्षमा छन । यो जिवन्त पार्टी भित्र हुनु स्वभाविकै हो । तर माओवादी भन्नेहरु यदि माओवादी हुन्थे भने माओवाद र एक्काइसौं शताब्दीको जनवादलाई मान्दै पार्टी भित्र नमिलेका बिषयमा अन्तर्संघर्ष गर्थे भने हामि सलाम गर्थ्यौ । तर एमाले प्रवेश गरेर एमाले भएर माओवाद र एक्काइसौं शताब्दीको जनवादलाई छोडेर जबजलाई मार्गनिर्देशक सिद्धान्त मानेर माओवादीबाट प्राप्त भएको पदलाई र्‍याल काढेर बस्नु कतिको उचित हुन्छ । त्यसैले यसलाई बैचारिक जामा पहिर्‍याउनुको अर्थ छैन ।

लेखक नेकपा माओवादी केन्द्र सुदूरपश्चिम कमिटी सदस्य हुनुहुन्छ ।

कमेन्ट गर्नुहोस्