१२ दिनमा ६ हजार ७४३ वडामा कमिटी गठन गर्न  माओवादी केन्द्रकाे निर्देशन

काठमाडौं, नेकपा माओवादी केन्द्रले देशका सबै वडामा संगठन निर्माण गर्न मातहतका कमिटीहरुलाई निर्देशन दिएकाे छ ।

केन्द्रकाे आज बसेकाे स्थायी कमिटी बैठकले साउन ३० गतेभित्र देशभरका सबै वडामा कमिटी गठन गरेर त्यसको रिपोर्ट ल्याउन केन्द्रीय समिति सदस्यहरुलाई निर्देशन समेत दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

संगठन विवरणकाे रिपाेर्टसहित यसै साउन ३० गतेदेखि बस्ने केन्द्रीय कमिटी बैठकमा उपस्थित हुन समेत निर्देशन दिएकाे छ ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, सत्तारुढ गठबन्धनकाे काम कारवाही, सरकार गठनका बारेमा भएकाे प्रगतिलगायतका विषयमा अध्यक्ष प्रचण्डले बैठकलाई जानकारि गराएका थिए ।

आजकाे बैठकले सरकार र संसदलाई पुरै कार्यकाल सञचालन गर्ने वातावरण निर्माणका लागि आवश्यक पहल गर्ने निर्णय समेत गरेकाे श्रेष्ठले बताए ।

सरकार गठनबारे निर्णय गर्न भाेली फेरि स्थायी कमिबैठक बाेलाइएकाे छ ।

कमेन्ट गर्नुहोस्