एमाले स्थायी समिति बैठक जारी

काठमाडौँ — नेकपा (एमाले) को स्थायी कमिटी बैठक ललितपुरमा बसिरहेको छ । १ घण्टा ढिला भएकाेे बैठकमा माधव पक्ष भने सहभागी भएकाे छैन ।
च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा जारी बैठकमा माधव पक्षबारे ठाेस निर्णय हुने बताइन्छ ।

शनिबार नेपाल पक्षका नेताहरुले अध्यक्ष केपी शर्मा ओली र नेता नेपाल दुवै जनासँग छलफल गरेका थिए । तर कुनै निष्कर्ष निस्केन । शनिबार नै ओलीले माधव नेपालकाे चर्काे आलाेचना गरेका थिए । माधव पक्षले भने ओलीले एकता नचाहेकाे आराेप लगाउँदै आएका छन् ।

बैठकमा विधान अधिवेशनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्