१ किलाे बढी काेकिनसहित काठमाडौंबाट १३ जना पक्राउ

काठमाडौँ — प्रहरीले काठमाडौंका विभिन्न ठाउँबाट ठूलाे परिणाममा लागुपदार्थ बरामद गरेकाे छ । प्रहरिले १ किलोभन्दा बढी लागूऔषध कोकिनसहित १३ जनालाई पक्राउ गरेको जनाएकाे हा  ।

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले करिब २ वर्षअघिको एउटा कसुरबारे अनुसन्धान गर्ने क्रममा काठमाडौंका विभिन्न ठाउँमा सर्च अपरेसन गर्दा उक्त परिमाणमा कोकिन भेटेको हो ।

पक्राउ परेकाहरुबाट केही परिमाणमा चरेससमेत बरामद गरिएको छ । पक्राउ परेका व्यक्तिहरुलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी गरिएको छ ।

कमेन्ट गर्नुहोस्