होमपेज / समाचार / प्रमुख समाचार
माधव समूहको स्थायी कमिटी बैठक जारी
अनलाइनखबर
२०७८ साउन १८ गते १४:१९ मा प्रकाशित
0प्रतिक्रिया
१८ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले सरकारमा जाने या नजानृ विषयमा आज ठाेस निर्णय गर्ने भएकाे छ । अहिले वुद्धनगरस्थित क्वालिटी ब्यांकेटमा चलिरहेकाे स्थायी कमिटी बैठकमा एमालेको आन्तरिक एकता र राष्ट्रिय परिस्थितिबारे छलफल भइरहेकाे हाे । गथ २७ जेठमा दोस्रो तहका दश नेताले दश बुँदे सहमति गरेपनि एमालेको एकता कायम हुन सकेको छैन ।
अध्यक्ष केपी शर्मा ओलीतर्फको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । च्यासलस्थित तुलसीलाल स्मृति भवनमा सोमबार तीन बजे बैठक बोलाइएको छ ।
माधव पक्षकाे बैठकले सरकारमा जाने या नजाने निर्णय गरेपछि बल्ल सरकार बिस्तारले पूर्णता पाउने देखिन्छ ।