देशभर ३१ सय २५ जनामा कोरोना संक्रमण, थप २३ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३१ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अवधीमा कोरोनाका कारण थप २३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८११ जनाको नमुना परीक्षण गर्दा ३१२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार एन्टिजेन विधिबाट ३ हजार १९८ र पीसीआर विधिबाट १० हजार ६१३ जनाको नमुना परीक्षण गर्दा एन्टिजेन विधिबाट ८ सय ६४ र पीसीआर विधिबाट २२ सय ७९ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर १९ सय २५ जना संक्रमण मुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म संक्रमितको कुल संख्या पीसीआरबाट ६ लाख ९९ हजार ६४९ पुगेको छ भने एन्टिजेनबाट ६२ हजार ७८३ पुगेको छ । यस्तै संक्रमितमध्ये ६ लाख ५८ हजार १ सय २२ निको भएका छन् ।

यस्तै हालसम्म मृतकको कुल संख्या ९ हजार ८९८ हुँदा निको हुने दर ९४.१ प्रतिशत छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ६ सय २९ रहेको मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्