वैकल्पिक बाटो दिँदा जान्छु, अक्षम भनेर निकाल्न पाइँदैन : हितेन्द्रदेव

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूलाई राजीनामाको निर्देशन नआएका बताएका छन्।

बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले वैकल्पिक बाटो दिए अहिलेको जिम्मेवारी छोड्न तयार भएकाे तर अक्षम भनेर निकाल्न खोजे सहेर नबस्ने बताए । उनले भने, ‘वैकल्पिक बाटो दिँदा जान्छु, जिम्मेवारी लिन्छु’, उनले भने, ‘अक्षम भनेर निकाल्न पाइँदैन, अन्याय गरे अदालत पनि छ ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई राजीनामा दिन निर्देशन दिएसँगै शाक्यले यस्तो बताएका हुन् । माओवाली केन्द्रका अध्यक्ष प्रचण्डको प्रस्तावमा प्रधानमन्त्री देउवाले शाक्यलाई हटाएर पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई प्राधिकरणमा ल्याउने तयारी गरेका छन् ।  सोही अनुसारको तयारी गर्न उनले मंगलबार ऊर्जामन्त्री पम्फा भुसाललाई निर्देशन दिइसकेका छन् ।

कमेन्ट गर्नुहोस्