पारस खड्का भन्छन्- उपयुक्त समयमा संन्यास लिएँ, अब क्रिकेट व्यवस्थापनमा लाग्छु

काठमाडौँ । नेपाली क्रिकेटको राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले उपयुक्त समयमा संन्यास लिएकाे बताएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेको भोलिपल्ट पत्रकार सम्मेलन गर्दै पारसले संन्यास लिएर आफू क्रिकेटबाट टाढा नभएको स्पष्ट पारे । उनले भने, ‘क्रिकेटबाट टाढिएको छैन र टाढिएको पनि छैन । मेरो भूमिकामात्रै फरक भएको हो ।’

उनले आफूले उपयुक्त समयमा संन्यास लिएको जानकारी गराए । ‘संन्यासको विषयमा मैले धेरैचोटी सोचेर नै लिएको हो । यो डिसिजन मैले कसैसँग सोधेर लिएको हैन । मेरो आफ्नै निर्णय हो ‘, उनले भने ।

यस्तै खड्काले क्रिकेट व्यवस्थापनमा लाग्ने बताए । उनले भने, ‘म क्रिकेट संघमा जान्छु । तर संघको भूमिकामा रहने भविष्यले बताउँछ । आजबाट मेरो करिअर र चुनौती सुरु भएको छ ।’

 

कमेन्ट गर्नुहोस्