४,१०७ जनामा कोरोना संक्रमण, थप ३५ को निधन

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ हजार १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३ सय ५४ नमुनाको पीसीआर परीक्षण गर्दा २९ सय ७५ जना र ४ हजार ९ सय ४४ जनाको एन्टीजेन परीक्षण गर्दा ११ सय ३२ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै पछिल्लो २४ घण्टामा ३५ जनाको निधन भएको छ । यो अवधीमा १५ सय ३५ जना संक्रमणमुक्त भएका छन् । अहिले देशभर कुल सक्रिय संक्रमितको संख्या ३३ हजार ४ सय ६४ पुगेको मन्त्रालयले जनाएकाे छ ।

कमेन्ट गर्नुहोस्