चिकित्सकहरुलाई हौसला दिन एफटी प्रिभिलेज कार्डको शुरुआत

काठमाडौं । कठीन परिस्थितिमा समेत सेवा निर्वाह गरिरहेका चिकित्सकहरुलाई सहयोग गर्न प्रिभिलेज कार्डको शुरुआत भएको छ ।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारीलाई मध्यनजर गर्दै, यस महामारीमा आफ्नो ज्यान जोखिममा राखेर बिरामीहरूको जीवनको सुरक्षा गर्ने चिकित्सक र उनका परिवारहरुलाई हौसला प्रदान गर्न, धेरै देशहरुमा विभिन्न योजनाहरु ल्याइए अनुसार नेपालमा पनि यसको पनि शुरुआत गरिएको हो ।

नेपाल चिकित्सक संघको आजीवन सदस्य, नेपालीज डाक्टर्स लाउन्ज का संस्थापक डा. बिवेक सिंहले केही महिना शुरु गरेको यो प्रिभिलेज कार्ड अहिले चिकित्सकहरुमाझ लोकप्रिय बन्न पुगेको छ । यस प्रिभिलेज कार्ड अन्तर्गत चिकित्सकहरुले देशभरि रहेको विभिन्न आउटलेट्सहरुबाट विशेष छुट लिन सक्नेछन् ।

काठमाडौभित्र र बाहिर रहेका धेरै होटल, क्याफे, रेस्टुरेन्ट, सफारी, सपिङ्ग मलसंँग आवश्यक सुविधाका लागि सहयोग भएको डा. विवेकले बताए । कार्डलाई अझै सर्वस्वीकार्य बनाउन अन्य अस्पताल, स्टोर्स, आउटलेट्ससंग पनि सहकार्य हुने क्रम जारी रहेको उनले जानकारी दिए ।

यसैबीच एफटी प्रिभिलेज कार्ड भएका चिकित्सकहरुलाई ग्रान्डी अस्पतालले दिने सुविधाको बारेमा अस्पतालका कार्यकारी निर्देशक डा. अशोक बर्दन, वरिष्ठ चिकित्सक डा. विष्णु पहारी र डा. विवेक सिंहबीच छलफल भएको थियो । चिकित्सकहरूको हौसला उच्च राख्ने यस कार्यमा ग्राण्डी अस्पताल को मुख्य भूमिका रहने डा। बर्दनले जानकारी दिएको विवेकले बताए ।

सोही अनुरुप प्रिभिलेज कार्ड मार्फत ग्रान्डी अस्पतालले (OPD consultation/ Surgery/ Room rent/ Investigations)मा चिकित्सकहरुलाई विशेष छुट दिने छ ।

यस अभियानमा नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की आफै लागि पर्नु भएको र यो सफलता सम्पूर्ण चिकित्सकको लागि एउटा कोसेढुङ्गा सावित हुने डा। बिवेक सिंहले बताए । अरु विभिन्न अस्पतालहरुसंग पनि सहकार्य प्रारम्भ भएको र सहकार्य पश्चात हरेक चिकित्सकले वर्षमा कम्तिमा चारदेखि पाँच लाखको बचत गर्न सक्ने डा। सिंहको बुझाई छ ।

यसैगरी चिकित्सकहरुलाई हौसला दिनको लागि “जीवन बचाउनेहरुको कथा“ नामक पुस्तक प्रकाशन हुन लागेको समेत डा. विवेकले जानकारी दिए । यो पुस्तकमा नेपाली चिकित्सकहरुको त्याग, तपस्या र बलिदानलाई उल्लेख गरिने छ । यो पुस्तक चिकित्सकहरुले भोगेका दुःख , पीडा र चिकित्सक र बिरामी बीचको सम्बन्ध मा आधारित रहने उनले बताए ।

कमेन्ट गर्नुहोस्