काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्षले यथास्थितिमा रहने अवस्थामा माओवादी पार्टीको औचित्य नरहने बताएका छन् ।
पार्टीको केन्द्रीय समिति बैठकमा दोश्रो दिन सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादीको काँधमा ऐतिहासिक जिम्मेवारी रहेको बताउँदै अग्रगमनका पक्षमा पार्टी लाग्नुपर्नेमा जोड दिए ।
विश्व कम्युनिष्ट आन्दोलनमा गोर्भाचोभको संशोधनदेखि अन्य प्रसंग उल्लेख गर्दै अध्यक्ष प्रचण्डले कम्युनिष्ट पार्टीको आधारभूत वर्गका रुपमा रहेका किसान, मजदूर, सर्वाहाराप्रति इमान्दार नहुने हो भने पार्टी विघटन गरेर अध्ययन अनुसन्धानमा लाग्दा हुन्छ भने ।
‘वर्गप्रति, सिद्धान्तप्रति इमान्दार नहुनुभन्दा पार्टीकै विघटन गरेर, अध्ययन–अनुसन्धानमा लाग्नु वा किताब लेखेर बस्नु बढी इमान्दारीता हुन्छ ।’
पछिल्ला दिनहरुमा पार्टीभित्र सैद्धान्तिक, वैचारिक र सांस्कृतिक स्खलन भएकोमा चिन्ता व्यक्त गर्दै प्रचण्डले माओवादी र बुर्जवा पार्टी उस्तै देखिनु चिन्ताजनक भएको बताए ।
‘हामीमा पनि विचलन हुने हो कि भन्ने प्रक्रिया निकै तीब्र छ । त्यतातिरै गइराखेको छ, हामीले थाहै नपाई,’ प्रचण्डले भने, ‘हामीले यसलाई कुन विन्दुमा ब्रेक गर्छौं त रु कसले गर्छ ब्रेक रु हामीले ब्रेक गर्ने हो कि हैन रु मुखले मात्रै ब्रेक गर्ने हो कि व्यवहारमा ?’
जनयुद्धकालमा जोखिम उठाएको हुनाले अबको क्रान्तिको नेतृत्व गर्ने तागत माओवादीसँग रहेको प्रचण्डले दाबी गरे । ‘अहिले पनि नेपालको क्रान्तिको नेतृत्व गर्ने तागत यही नेतृत्वको टीमसँग नै छ,’ बैठकमा प्रचण्डले भने, ‘अबको चुनावमा हामी एक नम्बर हुन्छौं । हेर्नुहोला, पहिला पनि त्यति पत्याउँदैनथे, हामी एक नम्बर भयौं ।’
अध्यक्ष प्रचण्डले आगामी राष्ट्रिय सम्मेलनमा राजनीतिक प्रतिवेदनलाई पूर्णता दिने बताउँदै अहिले यसलाई नयाँ विचार र कार्यदिशाको भ्रुणका रुपमा ग्रहण गर्न आग्रह गरे । प्रतिवेदनमा अध्यक्ष प्रचण्डले जनवादी क्रान्तिका कार्यभार पुरा गर्दै समाजवादी क्रान्तिको आधार तयार पार्न क्रान्तिकारी कम्युनिष्ट पार्टीको आवश्यकता रहेकोमा जोड दिएका छन् ।
राष्ट्रिय सम्मेलनसम्म जाँदा नेपाली क्रान्तिलाई दिशावोध गर्ने दस्तावेज तयारीको जिम्मेवारी हाम्रो छ । त्यसो गर्न सकेनौँ भने हामी रुमलिन्छौं । हामी यसरी रुमलिन दिँदैनौँ । हामी अरुजस्तो हैनौं भनेर फेरि एकचोटि सिद्ध गर्नुछ ।’