पार्टीभित्रको विवादबारे माधव नेपालले विशेष सम्बोधन गर्दै

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले आज कार्यकर्ताहरुलाई विशेष सम्बोधन गर्ने भएका छन् ।

माधव नेपाल पक्ष निकट जनवर्गीय संगठनहरुको अगुवाईमा भर्चुअल (अनलाईन) माध्यमबाट नेता नेपालले कार्यकर्ताहरुलाई सम्बोधन गर्ने भएका हुन ।

यसका लागि जनवर्गीय संगठनहरुले जुम आईडीमार्फत संगठनसँग आबद्ध सबैलाई सम्बोधन सुन्न आग्रह गरेको छ ।

यसैगरी नेता नेपालको सम्बोधन अनलाईनमाध्यमहरुबाट समेत लाइभ गरिने भएको छ ।

नेकपा एमालेभित्रको विवादले निकै जटिल स्वरुप लिएको बेला नेता नेपालको सम्बोधन आउन थालेको हो । पार्टी विभाजनको डीलमा पुगेको आशंका गरिएको बेला हिजो राती नेकपा एमालेका अध्यक्ष केपी ओली विज्ञप्ती प्रकाशन गरेको थिए भने आज स्थायी समिति र संसदीय दलको बैठक बोलाएका छन् ।

यो परिस्थितिमा नेता नेपालले नेकपा एमालेभित्रको विवादका बारेमा पाटीृ विभाजन गर्ने या फेरी ओलीलाई डेडलाइन दिने भन्ने विषयमा आजको सम्बोधनमार्फत खुलासा गर्ने बुझिएको छ । कतिपयले यो सम्बोधनमार्फत उनले नयाँ पार्टीका लागि आव्हान गर्ने समेत आँकलन गरेका छन् ।

नेकपा एमालेभित्र केपी ओलीले एकलौटी ढंगले पार्टी कमिटी चलाएको भन्दै नेता नेपाल पक्ष असन्तुष्ट छ ।

कमेन्ट गर्नुहोस्