राष्ट्रवादीको छविमा तालिबान, नागरिकमा बलप्रयोग पूर्ण निषेध, कर्मचारीलाई आममाफी

काठमाडौं । तालिबानको नाम आउनेबित्तिकै हरेकको मनमा चिसो पस्थ्यो । अन्तराष्ट्रिय सञ्चारमाध्यममा तालिबानले जलालाबाद शहर कब्जा गरेको समाचारसँगै आम नागरिक र विश्वभरि नै त्रास फैलियो ।
भोलीपल्ट बिहानै तालिबानीहरु काबुल भन्दा ११ किलोमिटर टाढा भन्ने समाचार सार्वजनिक भएपछि आतंक मच्चियो । तालिबानमा रहेका नेपालीदेखि अन्य देशका नागरिक, तिनका परिवार र तालिबानको यसअघिको क्रूर अनुहार देखेका अफगानीहरुमा त्रास फैलियो । कतिपय नागरिकहरु देश छोड्न पुगे । एयरपोर्टमा ठूलो संख्यामा मानिसहरु भर्ना भए ।

तर तालिबानी लडाकुहरु काबुल सहरमा पुग्दा भने दृश्य अर्कै देखियो ।

एकपछि अर्कोगर्दै काबुल छिरेका तालिबानीहरुले कुनै नागरिकमाथि बलप्रयोग गरेनन् । न त कुनै लडाकुले गोली नै चलाए ।

करिब ३, ४ घण्टाभित्रै बिना रक्तपात र एउटा पनि गोली नचलाईकन अफगानिस्तान तालिबानको कब्जामा पर्यो ।

राष्ट्रपति हमिद करजाईले देश छोडेलगत्तै तालिबानीहरु राष्ट्रपति कार्यालय पुगे ।

उनीहरुको पहिलो निर्देशन थियो । अफगानमा रहेको विदेशी नागरिकहरुले घर जान चाहेमा जान सक्नेछन् । कोही त्यहीँ बस्न चाहेमा तालिबान प्रशासनमा दर्ता गर्नुहोला ।

योसँगै उनीहरुले कुनै पनि तालिबानी नागरिकमाथि बल प्रयोग नगर्न लडाकुहरुलाई निर्देशन दिए । साथै काबुल छोडन चाहनेहरुलाई सुरक्षितरुपमा बाहिर जान दिन समेत भने ।

त्यसको भोलीपल्टै तालिबानले अर्को घोषणा गर्यो । कतिपयको अपेक्षा विपरित उनीहरुले सैनिकहरुले घर जान चाहे जान दिने घोषणा गरे । साथै कर्मचारी प्रशासनमा रहेका हजारौं सरकारी अधिकारी र कर्मचारीहरुलाई आममाफी दिने घोषणा गरे ।

तालिबानको पुनर्उदयलाई कतिपयले आतंकवादीहरुको सत्ता कब्जाका अर्थमा लिएका छन् । तर पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भने अफगानिस्तान विदेशी दासता र प्रभुत्वबाट मुक्त भएको अर्थमा टिप्पणी गरे ।

विदेशी सैनिकहरुले परेड खेलिरहेको अवस्था अन्त्य भएको भन्दै इमरान खानले यसको समर्थन गरे ।

तालिबानीहरुले सत्ताकब्जाको तरिका जे अपनाएको भएपनि यो अमेरिकी साम्राज्यवादको हारको रुपमा समेत कतिपयले टिप्पणी गरेका छन् ।

वैचारिकरुपमा तालिबानीहरु धार्मिक कट्टरतावादी हुन । उनीहरुले मुस्लिम सरिया कानुन लागु गर्ने घोषणा गरेका छन् । तर यस्तै शासन प्रणाली अहिले खाडी मुलुकका कतिपय देशमा छ । कतार, संयुक्त अरब इमिराट्स, यमनलगायतका कैयन देशमा मुस्लिम कानुन लागु रहेको छ ।

त्यसअर्थमा विगतमा तालिबानलाई जसरी चित्रण गरिएको थियो र अमेरिकी सैन्य गठबन्धनले जसरी तालिबानमाथि दमन गरेको थियो त्यो भन्दा फरकरुपमा राजनीतिक व्यवहार तालिबानले गरेको छ ।

कमेन्ट गर्नुहोस्