घटेन कोरोना संक्रमण, पछिल्लो २४ घण्टामा ३२७४ संक्रमित

काठमाडौं । नेपालमा कोरोना संक्रमणको दर कम हुन सकेको छैन । पछिल्लो २४ घण्टामा थप ३२७४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कोरोनाकै कारण २७ जनाले ज्यान गुमाएका छन् ।

औसत तीन हजारको हाराहारीमा संक्रमण देखिरहेको नेपालमा कोरोना संक्रमण कुनैपनि बेला विष्फोट हुने हो कि भन्ने चिन्ता बढेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएअनुसार पछिल्लो २४ घण्टामा १९२९ जना संक्रमणमुक्त भएका छन् ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट गरिएको परीक्षणमा ७ लाख ३७ हजार २९४ पुगेको छ भने एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७६ हजार ८३३ जना पुगेको छ । संक्रमितमध्ये ६ लाख ८७ हजार ६९ पुगेको छ ।

यस्तै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ३५४ पुगेको छ । हाल देशभर ३९ हजार ८७१ जना सक्रिय संक्रमित रहेका छन् ।

कमेन्ट गर्नुहोस्