क्रान्तिकारी विचार र नयाँ संकल्पसहितकाे पार्टी निर्माण जरुरि छ- प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीभित्र गम्भीर किसिमले व्यक्तिवादी चरित्र विकास भएकाे बताएका छन् । 

 मंगलबार सहिद रामबृक्ष यादवको २७ औं स्मृति दिवसका अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विगतमा त्याग र बलिदानका लागि नेताहरुबीच प्रतिष्पर्धा हुने गरेकाेमा अहिले पद र प्रतिष्ठाकाे आकांक्षा माैलाएकाे बताए ।
‘शान्ति सम्झौता वा संघीय लोकतान्त्रिक गणतन्त्रपछि हामी आफ्नै क्रान्तिकारी चरित्र र संस्कारको (त्याग, तपस्या र बलिदान गर्ने ) भावना त्यस्तो छैन । बरु उल्टो छ’ प्रचण्डको भनाइ छ । 

अहिले आत्मसमीक्षाकाे आवश्यकता रहेकाेमा उनले जाेड दिए ।  ‘केन्द्रीय समितिमा जोड गर्न खोजेको पनि त्यहीँ हो, त्यसले नयाँ उर्जा पनि प्रदान गरेको छ । तर त्यतिले पुग्दैन ।’ राष्ट्रिय सम्मेलन र महाधिवेशनसम्म गएर विचार, सिद्धान्त र व्यवहारलाई अझ क्रान्तिकारी बनाउँदै लैजान सकिने प्रचण्डले बताए ।

‘हामीले विचारलाई राम्रो गर्न सक्दा नेपालको कम्युनिस्ट र राजनीतिक आन्दोलन मात्र होइन, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई पनि ठुलो योगदान गर्न सक्ने सम्भावना हाम्रो पार्टीसँग छ । तर त्यसो गर्न सकिएन भने विसर्जन र विघटन र भूमरीमा पर्नसक्ने खतरा छ । त्यसो गर्न दिदैनौँ’ प्रचण्डले प्रतिबद्धता जनाए । अहिले पनि प्रतिगमनकारी र प्रतिक्रान्तिकारिहरुविरुद्ध विद्राेह गरिरहेकाे उनले बताए । प्रतिगमनविरुद्ध लडाई अझै जारि रहेकाे भन्दै उनले त्यसका लागि आत्मसमिक्षासहितकाे पार्टि निर्माणमा लाग्न आग्रह गरे ।

कम्युनिस्ट आन्दोलनका सबै सकारात्मक शक्तिहरूलाई एकताबद्ध गर्नुुुुुुुपर्ने आवश्यकतामा जाेड दिए ।
प्रचण्डले कम्युनिस्ट आन्दोलनभित्र एउटा प्रवृत्ति चरम निरंकुशतावादी, फाँसीवादी र आत्मसमर्पणवादी देखिएकाले त्यसविरुद्ध आन्दोलन गर्नुपरेको स्मरण पनि गरे । ‘क्रान्तिकारीहरुले संकल्प गरेपछि हुँदोरहेछ भन्ने अहिलेको उदाहरण हो । प्रतिगमन सच्चिएको छ । तर अन्तिम विजय होइन । लामो छ यात्रा र लडाई’ प्रचण्डको भनाइ छ । 

कमेन्ट गर्नुहोस्