काठमाडौँ, नेकपा एमालेले अनुशासन उल्लंघनको आरोपमा कार्वाही गरेका १४ जना सांसद कार्वाही रोक्न माग गर्दै संसद सचिवालय पुगेका छन् ।
वरिष्ठ नेता माधव नेपालसहितका सांसदहरुले कार्वाही वैधानिक नभएको भन्दै अध्यक्ष ओलीले पठाएको पत्रमाथि कार्वाही गर्न नहुने जिकिर गरेका छन् ।
संसद् सचिवालयले दिएको जानकारी अनुसार वरिष्ठ नेता माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणी चौधरीलाई सांसद पदबाट हटाउन भन्दै पत्र गएको थियो ।
नेकपा एमालेले ह्विप उल्लंघन गरेको भन्दै १४ जनामाथि पार्टीले कारबाही गरेको जानकारी संसद सचिवालयमा मंगलबार दिएका थिए ।