एनआरएनए आइसिसी सचिवमा मलेसियाबाट खगेन्द्र न्यौपानेको उम्मेदवारी

गैरआवासीय नेपाली संघ एनआरएनको आगामी १० औं महाधिवेशन मार्फत चुनिने नयाँ कार्यसमितिमा एसिया प्यासिफिक क्षेत्रीय सहसंयोजक खगेन्द्र न्यौपानेले एनआरएनए आईसिसि सचिवमा उम्मेदवारी घोषणा गरेका छन ।

एसिया प्यासिफिक सहसंयोजक भएर कुशलताका साथ जिम्मेवारी निभाएका न्यौपानेले आगामी कार्यकाल २०२१–२३ का लागि सचिवमा उम्मेदवारी दिएका हुन ।

संघको अभियानमा आफूले प्राप्त गरेको अनुभव, अग्रजहरुको आग्रह र साथीभाईको अनुरोधमा सचिव पदमा उम्मेदवारी दिने निर्णयमा पुगेको न्यौपानेले बताए । न्यौपानेले २०२१–२३ कार्यकालका लागि सबैको आग्रह र आफ्नो केही गर्ने इच्छा अनुसार एनआरएनए आइसीसी सचिव पदमा उम्मेदवारी दिएको बताए । एनआरएनए मलेसियाको उपाध्यक्ष, आइसीसी सदस्य, अध्यक्ष र अहिले एसिया प्यासिफिक सहसंयोजकको जिम्मेवारी सफलतापूर्वक निभाइसकेका न्यौपानेले एनआरएनए अभियानमा लागिरहँदा मलेसिया र मध्यपुर्वका श्रमिकका मुद्धालाई स्थापित गर्न आइसीसी सचिव पदमा उम्मेदवारी घोषणा गरेको बताए । गैरआवासीय नेपाली संघले दिएको जिम्मेवारीलाई आत्मसाथ गर्दै विश्वसनिय, पारदर्शी र सफलता पुर्वक रुपमा प्राप्त गरेको ऐतिहासीक सफलता, सीप, क्षमता तथा अनुभवलाई आईसीसी सचिवका माध्यमबाट विश्वसामु पस्कन नयाँ जिम्मेवारी वहन गर्न सक्ने प्रतिवद्धता न्यौपानेले व्यक्त गरेका छन ।

न्यौपानेले आजसम्म सबै साथिहरुको माया, साथ, सुभेच्क्षा र समर्थनले सफलता हासिल गरेकोले अब पनि सोही अनुरुप आईसीसी सचीवमा पनि अत्याधिक मतले विजयी गराई ऐतिहासिक सफलतालाई निरन्तरता दिनुहुनेछ भन्ने आशासहित हार्दिक अपिल गरेका छन ।

मलेसिया तथा नेपालमा विभिन्न व्यवसायमा ठुलो लगानी गरेका न्यौपाने सफल व्यवसायी हुन । एसिया प्यासिफिकबाट आइसीसी सचिव पदका लागि न्यौपाने साझा तथा एक्लो उम्मेदवार भएकोले विजय नजिक रहेको एनआरएनए अभियन्ता हरु बताउँछन । न्यौपानेलाई एशिया प्याशिफिक र मध्यपुर्वबाट राम्रो सहयोग रहेको छ ।

कमेन्ट गर्नुहोस्