अध्यादेशकै कारण जुटेको जसपा अध्यादेशकै सहारामा फुट्यो, नयाँ पार्टीको नाम जसपा लोकतान्त्रिक

काठमाडौं । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि रातारात बनेको जनता समाजवादी पार्टी अध्यादेशकै सहारमा फेरी फुटेको छ ।

प्रतिगमनलाई हेर्ने दृष्टिकोणमा मतभेद भएपछि जनता समाजवादी पार्टीमा आधिकारिताको विवाद चुलिएको थियो । जसपाको आधिकारिता उपेन्द्र यादव पक्षले पाएपछि दलविहीन बनेका महन्थ ठाकुरले नयाँ दल दर्ताका लागि अध्यादेशको सहारा लिएर निर्वाचन आयोगमा निवदेन दिएका छन् ।

सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएलगत्तै ठाकुर पक्षका नेताहरु जसपा लोकतान्त्रिक नाममा नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेका हुन् ।

सांसद चन्दा चौधरीका अनुसार नयाँ दलको अध्यक्षमा महन्थ ठाकुर रहनेछन् भने राजेन्द्र महतो वरिष्ठ नेता रहनेछन् । उनीहरुसहित २५ सदस्यीय कार्यकारिणी समिति प्रस्ताव गरिएको छ, जसमध्ये रेशम चौधरीसहित १५ जना सांसद छन् ।

ठाकुर पक्षले नयाँ दलको चुनाव चिह्नमा साइकल प्रस्ताव गरेका छन् ।

कमेन्ट गर्नुहोस्