३४०३ जनामा कोरोना संक्रमण, ४२ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ३४०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै यो अवधीमा कोरोना संक्रमणबाट ४२ जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८३९ पीसीआर परीक्षणमा २,६१३ र ४,९९९ एन्टिजेन परीक्षणमा ७९० जना गरी कुल ३,४०३ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २,१०४ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९९३ जना संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौंमा ७११, ललितपुरमा १६० र भक्तपुरमा १२२ जना संक्रमित भेटिएका छन् ।

हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ४० हजार ३३८ रहेको छ ।

कमेन्ट गर्नुहोस्