माधव समूह छाेडेपछि बागमती प्रदेशको मुख्यमन्त्रीमा अक्ष्टलक्ष्मी शाक्य नियुक्त

बागमती प्रदेशको मुख्यमन्त्रीमा अक्ष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन्।

शाक्यले सपथ ग्रहणलगत्तै दुई जना मन्त्री पनि नियुक्त गरेकी छिन्। यीमध्ये एकजना माधव पक्षका सांसद छन् ।

बुधबार नेकपा एमालेबाट विभाजन भई माधवकुमार नेपालले एमाले समाजवादी पार्टी दर्ता गरेकै दिन शाक्य बाग्मती प्रदेशको मुख्यमन्त्री चयन भएकी हुन्।
कृष्ण खनाल सामाजिक विकासमन्त्री र केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्ति गरिएको छ । पाण्डेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पनि दिइएको छ । खनालले पनि मन्त्री पाएसँगै माधव समूह छाेडेका हुन ।

कमेन्ट गर्नुहोस्