आज प्रचण्ड, माधव र बाबुरामले एउटै मञ्चबाट सम्बोधन गर्ने

काठमाडौं । नेपालमा समाजवादी आन्दोलनको कार्यदिशाका बारेमा तीनजना पूर्व प्रधानन्त्रीहरुले सम्बोधन गर्ने भएका छन् ।

समाजवादी केन्द्र नेपालले आयोजना गरेको कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नवगठित नेकपा एमाले समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले सम्बोधन गर्ने भएका हुन ।

आयोजकले एक्काईसौं शताब्दीको माक्र्सवाद र समाजवादका विषयमा अन्तक्र्रियाको आयोजना गरेका हुन । कार्यक्रमको प्रमुख अतिथी अध्यक्ष प्रचण्ड रहने आयोजकले जनाएको छ ।

बदलिँदो विश्व परिस्थितिमा समाजवादतर्फ अघि जाने मौलिक बाटोका बारेमा कम्युनिष्ट पार्टीहरुबीच मतभिन्नता रहेको छ । यसै विषयमा छलफललाई अगाडि बढाउन आजको कार्यक्रमको आयोजना गरिएको आयोजकले बताएका छन् ।

कार्यक्रम आज बिहान साढे एघारबजेदेखि दिउँसो साढे दुई बजेसम्म राखिएको छ । उक्त कार्यक्रममा वामदेव क्षेत्रीद्वा लिखित कृषि र समाजवाद पुस्तक समेत विमोचन हुने तालिका छ ।

कमेन्ट गर्नुहोस्