काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा र सत्तारुढ गठबन्धनका दुई शीर्ष नेता प्रचण्ड र माधव नेपालबीच भेटवार्ता भएको छ ।
समसामयिक राजनीतिक अवस्था र मन्त्रीपरिषदबारे छलफलका लागि बालुवाटारमा आज बिहान भेटघाट भएको हो ।
माधव नेपाल पक्षले नयाँ दल दर्ता गरेपछि सरकारमा सहभागी हुन सहज भएको अवस्थामा आजको छलफलले मन्त्रीपरिषदलाई पूर्णता दिने विषयमा निश्कर्ष निकाल्ने बताइन्छ ।
माधव नेपाल पक्ष अनिर्णित बनेका कारण लामो समयदेखि मन्त्रीपरिषदले पूर्णता पाएको छैन । आजको छलफलले मन्त्रालयका जिम्मेवारीदेखि अन्य समसामयिक विषयमा गठबन्धनको कार्यभारसँग सम्बन्धित छलफल गरेको श्रोतको दावी छ ।
गठबन्धनले जनताले प्रत्यक्ष अनुभूति हुने किसिमले सरकार सञ्चालन गर्नेगरी यसअघि नै न्यूनतम साझा कार्यक्रम, कार्यविधि र मन्त्रीहरुको आचारसंहिता सार्वजनिक गरिसकेको छ ।