नेकपा एमाले समाजवादी सनाखत भएपछि मात्रै सरकार बिस्तार- प्रचण्ड

सत्तारुढ गठबन्धनले तत्काल सरकार बिस्तार नगर्ने भएकाे छ ।  माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले  माधव नेपालको पार्टीले निर्वाचन आयोगबाट मान्यता पाएपछि मन्त्रिपरिषद् विस्तार हुने बताएका हुन् । बिहीबार दिउँसो काठमाडौँमा आयोजित अन्तरक्रियामा अध्यक्ष प्रचण्डले आज बिहानमात्रै गठबन्धन घटकसँग भएको छलफल अुनसार माधव नेपालको पार्टी सनाखत हुनेबित्तिकै मन्त्रिपरिषद विस्तार हुने सहमति भएको बताएका हुन् । निर्वाचन आयाेगले नयाँ दल दर्ता निवेदनलाई कहिलेसम्म सनाखत गर्छ भन्ने टुंगाे छैन । अहिले दर्ता भएको नयाँ पार्टीको सनाखत भएपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुन्छ, जति छिटो सनाखत हुन्छ उति छिटो मन्त्रिपरिषद विस्तार हुन्छ’, प्रचण्डको भनाइ छ ।

कमेन्ट गर्नुहोस्