सेयर बजारमा दाेहाेराे अंककाे गिरावट

काठमाडौं । साताको अन्तिम दिन बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।

नेप्से परिसूचक १८.२४ अंकले घटेर ३ हजार १ सय ८०. ७८ अंकमा झरेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ८ दशमलव ३३ प्रतिशतले घटेको छ । कारोबार रकम भने २० अर्ब नाघेको छ ।

दिनभर भएका १ लाख ८८ हजार १७ कारोबारबाट २२९ कम्पनीका ३ करोड ९ लाख १२ हजार ६९७ कित्ता शेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम २० अर्ब ४९ करोड ९२ लाख १० हजार ७६७ रुपैयाँ पुगेको छ ।

कमेन्ट गर्नुहोस्