काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अवधीमा कोरोना संक्रमणबाट २६ जनाको मृत्यु भएको छ ।
१० हजार ५३० पीसीआर परीक्षण गर्दा २ हजार ७९ र ७ हजार १२४ नमुनाको एन्टिजेन परीक्षण गर्दा ९६३ जना गरी ३ हजार ४२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा २ हजार २४४ जना निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ६ लाख ९३ हजार ५ सय ४३ पुगेको छ ।
आज थपिएका संक्रमितसँगै नेपालमा कोरोना कोरोना संक्रमितको कुल संख्या ८ लाख २३ हजार ६४७ पुगेको छ । भने १० हजार ४५५ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार देशभर रहेका सक्रिय संक्रमितमध्ये ३६ हजार ९२२ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै संस्थागत आइसोलेसनमा रहेका ३ हजार ३८७ जनामध्ये ७१४ जनाको आईसीयू र १७१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । गत २४ घण्टामा थपिएका संक्रमितमध्ये ८९८ जना काठमाडौं उपत्यकाका हुन् ।