सनाखतका लागि निर्वाचन आयोगले बोलायो नेपाल र ठाकुर नेतृत्वको पार्टीलाई

निर्वाचन आयोगले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई सनाखतका लागि भदौ ९ गते बोलाएको छ ।

शुक्रबार बसेको निर्वाचन आयोगको बैठकले दुवै दललाई भदौ ९ गते सनाखतका लागि बोलाएको हो ।

प्रस्तावित दलका नेता र सांसदहरुलाई हस्ताक्षर गर्न भदौ ९ गते ११ बजेदेखि २ बजेसम्मको समय छुट्टयाएको आयोगले जनाएको छ ।

यसअघि नेपाल र ठाकुरले प्रस्ताव गरेको पार्टीको नाममा पछाडि फुर्को जोड्न नमिल्ने भएपछि दुवैले शुक्रबार नाम संशोधन गरेका थिए ।

कमेन्ट गर्नुहोस्