२०७५ जनामा कोरोना संक्रमण, थप ३० को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७७०३ पीसीआर परीक्षणमा १४२४ र ५३७२ एन्टिजेन परीक्षणमा ६५१ जना गरी २०७५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २३ सय ८२ जना संक्रमणमुक्त भएका छन् । यो अवधीमा कोरोनाका कारण ३० जनाको मृत्यु भएको छ ।

हालसम्म कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६ लाख ९५ हजार ९२५ रहेको छ । त्यस्तै कोरोना संक्रमणका कारण ४८५ जनाको मृत्यु भएको छ ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३९ हजार ३२१ रहेको छ । जसमध्ये ३६ हजार १५ जना होम आइसोलेसन र ३,३०६ जना संस्थागत आइसोलेसनमा छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ४८३, ललितपुरमा १०३ र भक्तपुरमा ८१ जना संक्रमित भेटिएका छन् ।

कमेन्ट गर्नुहोस्