काठमाडौं । नेकपा एमाले स्थायी समिति सदस्य तथा पछिल्लो विवादमा तेश्रो धारका नेताकारुपमा परिचित घनश्याम भुसालले मंगलबारसम्म १० बुँदे सहमति कार्यान्वयनका लागि अध्यक्ष ओली इमान्दार भएनन् भने ठूलो विद्रोह हुने बताएका छन् ।
मंगलबारसम्म पार्टी एकता चाहनुहुन्छ कि विभाजन चाहनुहुन्छ भन्ने कुरा दुनियाँको सामु त्यसपछि अझै प्रष्ट हुने बताउँदै भुसालले अहिले माधव नेपालसँग नगएको समूहले गरेको अपीलको वेवास्ता गरे योभन्दा ठूलो विद्रोह हुने बताएका हुन ।
यदि १० बुँदे नमाने एउटा सामान्य स्वाभिमान भएको कार्यकर्ता कोही पनि ओलीसँग रहँदैन भन्ने आफ्नो धारणा रहेको उनले बताए।
तेश्रो धारका ५७ जना सांसद तथा केन्द्रीय सदस्यहरुले दश बुँदे कार्यान्वयन गरीजेठ २ को कमिटीलाई पुनःस्थापित गरेर अघि बढन सामूहिक अपील गरेका छन् । शुक्रबार जारी अपीलमा माधव समूहका १४ सांसदमाथिको कार्वाही फिर्ता लिने, जेठ २ मा फर्किने र माधव नेपालहरुले नयाँ पार्टी दर्ता नगर्ने शर्त राखिएको छ ।
ुउहाँले छिट्टै निर्णय गर्नुपर्छ भने एमाले बचाउने ठाउँ चाहिँ उहाँलाई छ। उहाँले अरु केही गर्नुपर्ने छैन। उहाँले नै कबुल गरेका कुरा, जुन यसभन्दा अघि आफैंले उल्लंघन गर्नुभएको छ। पार्टी एकताजस्तो विषयमा समेत आफ्नो कबुल उल्लंघन गर्नुहुन्छ कि हुन्न भन्ने परीक्षामा हुनुहुन्छ,ओली, ुउनले भने,ु २०७५ जेठ २ अघिको अवस्थामा पार्टीलाई फर्काउनुपर्छ। त्यसका लागि १० बुँदे कार्यान्वयन हुनुपर्छ। फागुन २३ यता भएका सबै निर्णय खारेज गर्नुपर्छ। माधव नेपालसहित १४ जना सांसदमाथि भएको कारबाही अविलम्ब फिर्ता हुनुपर्छ।ु
ुमैले सधैंभरि ओली र नेकपा एमाले फरक हो भन्ने गरेको छु। यो पार्टी हो, योसँग एउटा विचार, सिद्धान्त,परम्परा,विधान पद्धति र कार्यकर्ताको ठूलो पंक्ति छ। ओलीजी व्यक्ति हो र उहाँको आफ्नै व्यवस्था छ। म,मेरो,मेरा र मलाई भन्ने उहाँको दर्शन हो,ुउनले भने,ुयो दर्शन र कुनै पनि संगठनको दर्शन मिल्दैन। ओलीजीले अनधिकृत रूपमा पार्टी कब्जा गरेका छन्। त्यसले गर्दाखेरी ओलीजी समस्या समाधान गर्न चाहँदैनन् भन्ने देखिन्छ। उहाँ बाहेकको नेकपा एमालेको पूरा पंक्ति एकताको पक्षमा देख्छु,मैले।ु