काठमाडौं । नेकपा माओवादी केन्द्रले कम्युनिष्ट पार्टीहरुसँग एकताका लागि वार्ता प्रक्रिया अघि बढाउने भएको छ ।
माधवकुमार नेपालले एमाले छाडेर नेकपा एकीकृत समाजवादी दर्ता गरेलगत्तै माओवादी केन्द्रले कम्युनिष्टहरुलाई एउटै केन्द्रमा ल्याउन पहल गर्ने निर्णय गरेको हो ।
माओवादीले क्रान्तिकारी कम्युनिष्ट केन्द्र निर्माणका लागि सबै वामदलसँग वार्ता गर्ने
काठमाडौं । नेकपा माओवादी केन्द्रले समाजवादका पक्षधर वाम शक्तिहरुबीच एकताका लागि सघन प्रयास गर्ने भएको छ ।
हिजो र आज बसेको स्थायी कमिटी बैठकले क्रान्तिकारी कम्युनिष्ट निर्माणमार्फत देशलाई समाजावादतर्फ अघि बढाउन सकिने निष्कर्शसहित कम्युनिष्ट केन्द्र निर्माण गर्ने भएको हो ।
पार्टी कार्यालय पेरिसडाँडामा आइतबार बसेको स्थायी कमिटी बैठकले कम्युनिष्ट क्रान्तिकारीहरुबीच एकता र ध्रुवीकरणका निम्ति पहल गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
‘कम्युनिष्ट आन्दोलनमा देखा परेका, देश र जनताको पक्षमा एउटा वा अर्को रुपमा उभिएका र समाजवादको पक्षमा रहेका सबैसँग वार्ता गर्ने श्रेष्ठले बताए ।
माओवादी केन्द्रको यसअघि बसेको केन्द्रीय समितिको बैठकले क्रान्तिकारी विचार र क्रान्तिकारी संगठनको निर्माण नगरी समाजवादी क्रान्तितर्फ अघि बढन नसक्ने निष्कर्श निकालेको थियो ।