काठमाडौं । नेकपा माओवादी केन्द्रले जिल्ला समन्वय समितिका संयोजकहरु सम्बन्धित प्रदेशले छनौट गर्ने निर्णय गरेको छ ।
माओवादी केन्द्रको स्थायी कमिटी बैठकले रिक्त रहेका जिल्ला अध्यक्षहरुको जिम्मेवारी सम्बन्धित प्रदेशले टुंगो लगाउने निर्णय गरेको हो । सबै जिल्लाका इन्चार्जहरु भने स्थायी समितिले नै तोकेको छ ।
प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रदेश र जिल्लाका जिम्मेवारीहरु समेत तय गरिएकाे छ । यसका साथसाथै अब राष्ट्रिय सम्मेलनलाई केन्द्रबिन्दुमा राखेर वडा अधिवेशन, पालिका अधिवेशन र त्यसपछाडी प्रदेश अधिवेशन गर्ने गर्ने सम्बन्धमा पार्टीको निर्वाचन आयोगले निर्वाचन नियमावली तय गरेको छ । निर्वाचन निर्देशिका पनि तयार गर्ने काम भएको निर्वाचन नियमावली र निर्वाचन निर्देशिकालाई छिट्टै तल पठाएर त्यसको आधारमा अधिवेशनका कामहरु सम्पन्न हुने उनले बताए ।
अधिवेशनका कामहरु, समिति निर्माणका कामहरु गर्ने क्रममा पनि राष्ट्रिय स्वधिनताको रक्षाको विषय, साथसाथै अहिलेको कोभिड महामारीमा जनतालाई सहयोग गर्ने विषय र कोभिडसँग जुध्न एकताबद्ध हने विषय, त्यसैगरी हाम्रो अहिलेको सन्दर्भमा प्रतिगमनप्रति सचेत हुनुपर्ने आवश्यकताका विषयसहित शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक भेदभावको अन्त्य, उत्पादन, रोजगारी, पर्यावरणको रक्षा, विज्ञान प्रविधीको अधिकतम प्रयोगजस्ता विषयमा ध्यान केन्द्रीत गर्ने कुरा सिँगै पार्टी कमिटीलाई निर्देशित गरिएको प्रवक्ता श्रेष्ठले बताए ।