ओलीकाे जस्ताे बेइमानी नगरि उखु किसानकाे बक्यौता तत्काल उपलब्ध गराउन किसान संगठनहरुकाे माग

काठमाडौं । सत्तारुढ गठबन्धनसँग निकटलगायत विभिन्न ६ वटा किसान संगठनले उखु किसानकाे बक्याैता ततेकाल उपलब्ध गराउन सरकारसमक्ष माग गरेका छन् ।

किसान संगठनहरूले आज संयुक्त प्रेस वक्तव्य जारि गर्दै यसअघि ओली सरकारले बेइमानी गरेकाे आराेप समेत लगाएका छन् ।

विगतको केपी ओली सरकारले उखु किसानहरूले पाउनुपर्ने भुक्तानी तत्काल उपलब्ध गराउने र किसानहरूले सडकमा आउनुपर्ने अवस्थाको अन्त्य गर्ने भनेर किसान संगठनहरू र उखु किसानहरूलाई झुठो आश्वासन दियो ।” विज्ञप्तिमा भनिएकाे छ, “तर आफ्नो वचन पूरा गरेन । किसानहरू जिल्ल परे । परिणामत: आज नेपाली उखु किसानहरूले पुन: उस्तै पीडा भोग्नु परेकोछ र पुन: संघर्षमा उत्रिनुपर्ने स्थिति सिर्जना भएको छ ।”

 बेचिएको वस्तुको वर्षौसम्म भुक्तानीसमेत प्राप्त गर्न नसक्नुले किसानहरूको थप शोषण मात्र नभएर उनीहरूका चहराइरहेका घाउमाथि नून–चुक थप्ने काम निरन्तर हुँदैआएको बताइएकाे छ ।

किसान संगठनहरुले  किसानको उखु किनेर पैसा नतिर्ने, वर्षौ वर्ष झुलाएर राख्ने उद्योगी, व्यापारी र तिनको संरक्षण गर्ने राज्यका लागि राष्ट्रिय लज्जाको विषय बताउँदै तत्काल सरकारले कदम नचाले कडा संघर्ष गर्ने चेतावनी दिएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान सरकारले ओली सरकारलेजस्तो बेइमानी नगरी उखु किसानहरूले चिनी मिलहरू र अन्य व्यापारीहरूलाई बेचेको उखुको भुक्तानी बापत प्राप्त गर्नुपर्ने सम्पूर्ण रकम (व्याज तथा हर्जाना समेत) एकमुष्ठ रुपमा र सरकारको तर्फबाट प्रदान गरिनुपर्ने तोकिएको अनुदान रकम अबिलम्ब भुक्तानी गर्न/गराउन हामी किसान संगठनहरू जोड्दार माग गर्दछौँ ।’


   

कमेन्ट गर्नुहोस्