सकियो एमाले स्थायी कमिटी बैठकः मंसिर १०-१२ महाधिवेशन, माधव समूह पार्टी दर्ता रोकेर फर्किए कार्वाही नगर्ने निर्णय

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकले माधव नेपाल समूहका १४ जना सांसदमाथि गरिएको कार्वाही फिर्ता लिने निर्णय गरेको छ ।

आज च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा सम्पन्न स्थायी कमिटी बैठकमा १० बुँदे कार्यान्वयनको मोडालिटी तयार गर्ने निर्णय समेत भएको छ ।

बैठकका निर्णय सुनाउँदै नेता प्रदीप ज्ञवालीले विभाजनका गतिविधि रोकेर आएमा यसअघि गरिएका कार्वाही फिर्ता लिने बताएका हुन । ‘दल दर्ताको प्रक्रियाबाट अलगत रहनुहोस् स्वागत गरिने छ,’ बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले भने,‘विभाजनका सबै गतिविधि परित्याग गरेर आउनेलाई कुनै कारबाही र भेदभाव राखिने छैन ।

मावधकुमार नेपाललाइ साथ दि‌दै आएका तर पछिल्ला दिनमा मध्यधारमा देखिएका स्थायी कमिटी नेताहरु सहित बसेको बैठकले दश बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय समेत गरेको छ ।

निर्णयअनुसार एमाले पार्टी संरचना २ जेठ २०७५ अगाडिको अवस्थामा क्रियाशील हुने सचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । दश प्रतिशत केन्द्रीय सदस्य मनोनयन, विभागहरुको पूर्णता दिने लगायत प्रयोजनका निम्ति सात सदस्यीय कार्यदल बनाइएको छ ।

स्थायी कमिटी बैठकले मंसिर १० देखि १२ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय समेत गरेको प्रवक्ता प्रदीप कुमार ज्ञवालीले जानकारी दिए । विधान अधिवेशन भने असोज ४, ५ र ६ गते गर्ने निर्णयम भएकाे छ ।

कमेन्ट गर्नुहोस्