नेकपा माओेवादी केन्द्रले पार्टी केन्द्र,प्रदेश र मातहतका विभाग तथा संगठनकाे जिम्मेवारी टुंग्याएकाे छ ।
स्थायी कमिटीमा भएको निर्णयअनुसार, सबै प्रदेशका इन्चार्ज, अध्यक्ष सचिव तथा सबै जिल्लाका इन्चार्जको जिम्मेवारी तोकिएको हो ।
यसैगरी पार्टीका सबै जनवर्गीय संगठनका इन्चार्ज, विभाग तथा अन्य संगठनका इन्चार्ज समेत तोकिएका छन् ।
परिपत्रमा यथास्थितिसँग सम्बन्ध विच्छेद गर्ने गरी विचारको विकास गर्ने र क्रान्तिकारी संगठनको निर्माणका लागि फडको मार्नुपर्ने कुरामा अध्यक्ष प्रचण्डले जोड दिनुभएको उल्लेख छ । साथै परिपत्रमा आसन्न राष्ट्रिय सम्मेलनका लागि संगठनात्मक सुदृढिकरणमा जुट्न सबैलाई निर्देशन दिइएको छ । सबै प्रदेशका इन्चार्ज तोकिएको भएपनि सुदूरपश्चिम प्रदेश र प्रदेश २ को अध्यक्ष तथा सचिवको जिम्मेवारी भने टुंगिएको छैन । यसअघि प्रचार प्रसार विभाग प्रमुखमा नारायणकाजी श्रेष्ठ रहेकोमा अहिले भने उक्त जिम्मेवारी कृष्णबहादुर महराले पाएका छन् । स्कूल विभाग भने अध्यक्ष प्रचण्डले आफैसँग राखेका छन् ।