दल दर्ताका लागि नेपाल पक्ष निर्वाचन आयाेग जाने, ओलीले बाेलाए आकस्मिक पत्रकार सम्मेलन

काठमाडौं । नेकपा एमालेबाट अलग भएकाेे माधव नेपाल पक्षले दल दर्ताका लागि निर्वाचन आयाेगमा दिएकाे निवेदनले आज मुर्तरुप पाउने भएकाे छ । आयाेगले आज निवेदनमा हस्ताक्षर गरेका माधवपक्षका केन्द्रीय सदस्यलाई सनाखतका लागि बाेलाएकाे छ । यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन आयोजना  गरेका छन् ।

बिहान ११ बजे तुल्सीलाल स्मृति भवनमा पत्रकार सम्मेलन गर्ने तयारी भएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

स्थायी कमिटी बैठकका निर्णय र पार्टी जीवनमा देखिएको पछिल्लो अवस्थाको बारेमा ओलीले पत्रकार सम्मेलन मार्फत बताउन लागेको बताईएकाे छ ।

निर्वाचन आयोगले माधव नेपाल समूहको दल दर्ताका लागि सनाखत शुरु गर्ने समय पारेर ओलीले पत्रकार सम्मेलन गर्न लागेका हुन ।

कमेन्ट गर्नुहोस्