सनाखतकाे काम सकियाे, ५६ केन्द्रीय सदस्य र ३४ सांसद माधवकाे पक्षमा

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)का वक्षमा ५६ केन्द्रीय सदस्य र ३४ सांसदले सनाखत गरेका छन् । यीमध्ये एक केन्द्रीय सदस्य र ४ जना सांसदकाे सनाखत भने पछि हुने छ । यसैगरि महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद र केन्द्रीय सदस्यले पनि पार्टी दर्ताका लागि सनाखत गरिसकेका छन्।

नेकपा एमाले विभाजन भएर बनेको नयाँ पार्टी दर्ताका लागि नेता झलनाथ खनालले भारतको नयाँदिल्लीबाटै सनाखत गरेका छन्। 

कमेन्ट गर्नुहोस्