माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी निर्वाचन आयोगमा दर्ता

काठमाडौं । नेकपा एमालेबाट विद्रोह गरेर माधव नेपालको नेतृत्वमा गठन भएको नेकपा एकीकृत समाजवादीले निर्वाचन आयोगबाट वैधता पाएको छ ।

आयोगले दल दर्ता निवेदनमा उल्लेख भएका केन्द्रीय सदस्यहरुको भौतिक उपस्थितिमार्फत हस्ताक्षर सनाखत गरेपछि आज दल दर्ता गरेको हो ।

ओलीविरुद्ध लामो समयदेखि अन्तर्पार्टी संघर्ष गर्दै आएका माधव नेपालले अन्ततः सरकारले ल्याएको अध्यादेशका कारण सहज भएपछि दल दर्ताको निवेदन दिएका थिए ।

आज निर्वाचन आयोगमा ५५ जना केन्द्रीय सदस्य सशरीर उपस्थित भएका थिए । एकीकृत समाजवादीले थप ४ जना केन्द्रीय सदस्य समेत आफूसँग भएको बताएको छ । एमालेका ३४ जना सांसद समेत माधव नेपालको नयाँ पार्टीमा रहेका छन् ।

कमेन्ट गर्नुहोस्