ठाकुर र महतोको लोकतान्त्रिक समाजवादी पार्टीले पायो नयाँ दलको मान्यता

काठमाडौं । महन्थ ठाकुरको नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले नयाँ दलकाे मान्यता पाएकाे छ । बुधबार आयोगले केन्द्रीय सदस्यहरूकाे सनाखत गरेपछि नयाँ दल दर्ता भएकाे हाे । जसपाका १४ जना सांसदले नयाँ दल दर्ताका लागि गरेको हस्ताक्षर सनाखत भएपछि आयोगले लोसपालाई छुट्टै दलको रुपमा दर्ता गरेको हो ।

सरकारले राजनीतिक दल विभाजनका लागि केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्य संख्या भए पुग्ने अध्यादेश ल्याएपछि महन्थ ठाकुर पक्षले भदौ २ गते लोसपा दर्ताका लागि आयोगमा निवेदन दिएको थियो । त्यसका लागि निर्वाचन आयोगले बुधबार सनाखतका लागि बोलाएको हो ।

कमेन्ट गर्नुहोस्