वामदेव गौतमद्वारा एमाले केन्द्रीय कमिटी बैठक बहिष्कार, उपाध्यक्ष पदबाट राजीनामा दिने घोषणा

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले राजीनामाको घोषणा गरेका छन् । केपी ओलीलाई आफूले नेता मान्न नसक्ने भन्दै गौतमले पार्टी केन्द्रीय कमिटी र उपाध्यक्ष पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

नेता गौतमले केपी ओली र आफ्नो विचारमा मेल नखाएको बताउँदै राजीनामा दिने निर्णय लिएकाे बताए । नेता गौतमले भने, ‘मैले यसअघिको स्थायी कमिटी बैठकमै अध्यक्ष केपी ओलीलाई म तपाईंसँग अब रहन्नँ र तपाईंलाई नेता मान्न पनि सक्दिनँ, तपाईले मलाई लखेट्नुभयो भनिसकेको छु । उपयुक्त समयमा राजीनामा पठाइदिन्छु, सायद त्यो एक दुई दिनभित्रै हुन्छ ।’

गौतम आज बस्ने केन्द्रीय कमिटी बैठकमा समेत सहभागी नहुने भएका छन् ।

कमेन्ट गर्नुहोस्