काठमाडौं । पछिल्लो २४ घण्टामा थप २,४३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,७०२ पीसीआर परीक्षणमा २ हजार ५२ जना र ४ हजार ६ सय ७२ एन्टिजेन परीक्षणमा ३८१ जना गरी २४ सय ३३ जनामा संक्रमण पुष्टि भएको हो ।
बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५४ हजार ९१५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १९ सय २९ जना संक्रमणमुक्त भएका छन् । ७ लाख ५ हजार ८९३ जना संक्रमणमुक्त भएका छन् ।
कोरोना संक्रमणका कारण थप २६ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार ६३८ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३८४ जना रहेका छन् । जसमध्ये ३५ हजार ३५४ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६२० जना आईसीयू र १६५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
यस्तै १० वर्ष मुनिका ५४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय ७७ जना कोरोना संक्रमित थपिएका छन् ।