एकीकृत समाजवादीद्वा ५ सदस्यीय हाइकमाण्ड गठन, को को परे त ?

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पाँच सदस्यीय हाइकमाण्डको गठन गरेको छ ।

पार्टीको संगठनात्मक कार्यलाई तीब्रता दिन हाइकमाण्ड गठन गरिएको हो ।

हिजो बुधबार मात्रै आधिकारिता पाएको एकीकृत समाजवादीले केन्द्रीय समितिदेखि अन्य संगठनात्मक संरचनालाई पूर्णता दिन सकेको छैन । हाइकमाण्डले राजनीतिक तथा संगठनात्मक कार्यभारसम्बन्धी आवश्यक निर्णय गर्ने बताइन्छ ।

को को छन् त ?
हाइकमाण्डमा अध्यक्ष माधव कुमार नेपाल, झलनाथ खनाल, मुकुन्द न्यौपाने, प्रमेशकुमार हमाल र बेदुराम भुसाल रहेका छन् ।

सरकारमा सहभागी हुने निर्णय गरेको एकीकृत समाजवादीले मन्त्रीहरुको टुंगो छिट्टै लगाउने बताएको छ । यससम्बन्धी आवश्यक निर्णय समेत हाइकमाण्डले नै गर्नेछ ।

कमेन्ट गर्नुहोस्